शनिबार १२ श्रावण २०८१
मनोरन्जन

बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिए

सोमबार माघ १२, २०७७/ Monday 01-25-21

मुम्बई । बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् ।वरुणले नताशा दलालसँगको लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन् । उनीहरुको बिहे पंजाबी परम्परा अनुसार भएको भारतीय मिडियाले बताएका छन् ।

करण जौहर, मनीष महल्होत्रालगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा मात्रै विवाह समारोह गरिएको थियो । उनीहरुको विवाह समारोह अलिबागको मेन्सन हाउस नामक रेर्सोटमा गरिएको हो । 

भारतीय मिडियाका अनुसार साथीभाई र बलिउड इन्डष्ट्रिका व्यक्तित्वहरुका लागि २ फेबु्रअरीमा मुम्बईमा रिसेप्सन पार्टी राखिने छ । 

वरुण र नताशा बाल्यकालदेखिका साथी थिए । नताशा फेसन डिजाइनर हुन् । 

तपाईको प्रतिक्रिया