शनिबार १२ श्रावण २०८१
मनोरन्जन

बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

सोमबार माघ १२, २०७७/ Monday 01-25-21

मुम्बई । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ को निर्माण टिमले यसको प्रशारण बन्द गर्ने निर्णय लिएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ केही महिनाका लागि मात्रै बन्द हुन लागेको हो । 

केही समयपछि निर्माताले 'द कपिल शर्मा शो' लाई नयाँ सिजनमार्फत् फिर्ता ल्याउने योजना बुनिरहेका छन् । ‘द कपिल शर्मा शो’ अब पुनः संचालनमा आउँदा अझै फरक अन्दाजका साथ आउने अनुमान गरिएको छ ।

भारत लगायत धेरै देशहरुमा अत्यधिक रुचाइएको यो कमेडी शो नेपालमा पनि निकै लोकप्रिय रहेको छ । तर शोको प्रशारण पुनः एकपटक रोकिने खबरले दर्शकहरुमा अब कस्तो बन्छ भन्ने कौतुहलता भने छाएको छ  ।

तपाईको प्रतिक्रिया