शनिबार १२ श्रावण २०८१
खेलकुद

पीएम कप फाइनल : आर्मीले एपीएफलाई दियो २ सय १२ रनको लक्ष्य

शनिबार माघ १७, २०७७/ Saturday 01-30-21

काठमाडौं। चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन्।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा आर्मीले एपीएफलाई जितका लागि २ सय १२  रनको लक्ष्य दिएको छ। एपीएफले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ११ रन बनाएको हो।

आर्मीका लागि हरि चौहानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५८ रन बनाए। यस्तै राजेश पुलामी मगरले २८ रन बनाए। शहाब आलमल २५ रनमा अविजित रहे। अन्य खेलाडीले उल्लेख्लय ब्याटिङ गर्न सकेनन्। एपीएफका लागि अभिनाश बोहरा एक्लैले ४ विकेट लिए।

एपीएफविरुद्ध आर्मीले अनिल मण्डलसंगै बलर सुशन भारीलाई ओपनिङ गराएको थियो। ९ ओभरमा दुई जनाले ३२ रनको साझेदारी गरेका थिए।

तर किशोर महतोले भारीलाई नवौं ओभरको अनतिम बलमा विकेटकिपर सुबास खकुरेलबाट क्याचआउट गराए। लगत्तै अर्को ओभरको पहिलो बलमा अभिनाश बोहराले अर्का ओपनर मण्डललाई आसिफ शेखबाट क्याचआउट गराएपछि आर्मीले ३२ रनमा २ विकेट गुमायो।

त्यसपछि भिम शार्कीले ७ रन बनाएर १८औं ओभरको पहिलो बलमा आउट भए। अभिनाश बोहराको बलमा सुवास खकुरेलबाट धिम क्याचआउट भए। धिमले ३६ बल खेल्दै जम्मा ७ रन बनाए। भिम आउट भएपछि पाँचौ नम्बरमा ब्याटिङ गरेका रोहितसंग ऐरीले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे।

तर १३ रन बनाएका रोहित कुमार पौडेल भुवन कार्कीको बलमा अमर राउटेलाबाट २७औं ओभरको दोस्रो बलमा क्याचआउट भए। कप्तान विनोद भण्डारी पनि ७ रन बनाएर आउट हुँदा आर्मीले ३३.४ ओभरमा १ सय ७ रन हुँदा पाँच विकेट गुमायो। निवौलाई कमलले एलबिडब्ल्यु धरापमा पारे। राजेशले २९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन जोडे।

यस्तै छैटौं विकेटका लागि हरिले राजेश पुलामी मगरसंग ४४ रनको साझेदारी गरे। त्यसपछि आठौं नम्बरमा ब्याटिङ गरेका लोकेश बामले आक्रमक ब्याटिङ गर्दै आर्मीको रन गति बढउने प्रयसा गरेका थिए। तर ९ बल खेल्दै २ छक्का मद्दतमा १५ रन बनाएर लोकेश ४५औं ओभरको चौथो बलमा आउट भए। अभिनाशले किशोर महतोको हातबाट लोकेशलाई क्याचआउट गराए।

४७औं ओभरको पहिलो बलमै एपीएफका अभिनाश बोहराले हरि चौहानलाई कमल ऐरीबाट क्याचआउट गराउदा आर्मीले आठौं विकेट गुमायो। चौहानले १ सय २ बल खेल्दै ६ चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए।

अन्तिम ओभरको दोस्रो बलमा विक्रम सोव ११ रन बनाएर आउट भए। उनलाई एपीएफका कप्तान शरद भेषावकरले कमल ऐरीबाट क्याचआउट गराए। शहाब आलम २५ रनमा अविजित रहे। उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे।

एपीएफका लागि शानदार बलिङ गरेका अभिनाश बोहराले  विकेट लिए। किफायती बलिङ समेत गरेका उनले १० ओभरमा २ ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए। प्रतियोगितामा १४ विकेट लिएका अभिनाश सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन्।

यस्तै किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए। 

कमल ऐरी र भुवन कार्कीले १-१ विकेट लिए। भुवनले १० ओभरमा २६ रन मात्र खर्चिए। कमलले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चिए। कप्तान शरदले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए।

एपीएफले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। समूह चरणमा एपीएफले आर्मीलाई ६ रनले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया