शनिबार १२ श्रावण २०८१
मनोरन्जन

रारा साहित्य प्रतिष्ठानद्वारा आयोजित हेभन रारा गजल साँझ माघ २४ गते हुने

आइतबार माघ १८, २०७७/ Sunday 01-31-21

काठमाडौं। रारा साहित्य प्रतिष्ठानले ‘हेभन रारा गजल साँझ' आयोजना गरेको छ। माघ २४ गते शनिबार दिनको १ बजे काठमाडौंको दरबारमार्ग सेतोढोकामा उक्त कार्यक्रम तय गरेको हो।

रोयल थकाली रेष्टुरेन्ट बार एण्ड लाउण्जको सहयोगमा हुने गजल साँझमा बिधा निर्दोश पहाडी, राम अबिरल बिष्ट, बशन्त वली बशन्ती, दुर्गा जोशी, अनुराग बम क्षेत्री र दिपेश समर्पण लगायतका गजलकारहरुले गजल बाचन गर्ने छन्।

कला साहित्य र संस्कृतीको जगेर्णा संगै साहित्य मार्फत रारा र स्रास्टाका रचनालाई देश-बिदेश सम्म पुर्र्याउने हाम्रो अभियान निरन्तर हुनेछ, प्रतिष्ठानका बरिष्ट सल्लाहकार हिक्मत शाही क्षितिजले बताए। यो भन्दा अगाडी पनि साहित्य क्षेत्रमा नयाँ र फरक ढंङ्गले कार्यक्रम गरेकै कारण रारा सबैको मुटुमा बसेको प्रतिस्ठानका अध्यक्ष दलु बुढा निश्चले बताए।

रारा साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हेभन रारा गजल साँझले, चौथो श्रृङ्खलासंगै सयुक्त रचना बाचनको पनि चौथो भाग गरिसकेको सल्लाहाकार शाहीले बताए। उक्त गजल साँझमा प्रवेश निशुल्क गरिएको छ।

तपाईको प्रतिक्रिया