शनिबार १२ श्रावण २०८१
मनोरन्जन

अभिनेता सुशान्त सिंहका भाइमाथि गोली प्रहार

आइतबार माघ १८, २०७७/ Sunday 01-31-21

एजेन्सी । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा शनिबार मोटरसाइकलमा सवार हतियारधारीहरुले गोली हानेर यामहा शोरुमका मालिक राजकुमार सिंह तथा उनका सहयोगी घाइते भएका छन् । राजकुमार स्वर्गीय अभिनेता सुशान्त सिंहका भाई हुन् ।

घटनामा राजकुमारका सहयोगी आमिर हसन पनि घाइते भएका छन् । आमिरको अवस्था गम्भीर छ । घटनालगत्तै परिवारले राजकुमार सिंह र उनका सहयोगीलाई उपचारका लागि गंगजला चोकस्थित निजी क्लिनिकमा भर्ती गरेको छ । राजकुमारको खुट्टामा गोली लागेको छ, अर्का घाइते बैजनाथपुर निवासी आमिर हसनको कम्मरमा गोली लागेको छ र अवस्था गम्भीर छ ।

राजकुमार सिंहले सहरसा र मधेपुरामा यामहाको शोरुम सञ्चालन गर्छन् । शनिबार बिहान झन्डै १० बजे उनी आफ्ना सहकर्मी आमिरसँग मधेपुरास्थित बाइक शोरुम खोल्नका लागि घरबाट हिँडेका थिए । सोही क्रममा बैजनाथपुरदेखि केही किलोमिटर अगाडि पुग्नासाथ उनलाई बाइकमा सवार तीनजनाले ओभरटेक गरे । त्यसपछि उनीहरुले कयौं राउन्ड गोली हाने । जसमध्ये एउटा गोली राजकुमार र अर्को आमिरलाई लाग्यो ।

शोरुम मालिक राजकुमारका भाई अनुज कुमार सिंह उर्फ चुन्नुले अपराधीमाथि कडा कारबाही गर्न प्रहरी समक्ष माग गरेका छन् ।

तपाईको प्रतिक्रिया