शनिबार १२ श्रावण २०८१
बिजनेस

मेगा बैंकले सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने

सोमबार माघ १९, २०७७/ Monday 02-01-21

काठमाडौं। मेगा बैंकले सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने प्रक्रिया अघि बढाएको छ। बैंकले पुस १७ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेकाहरुको नगद लाभांश जम्मा गर्ने तयारी गरेको जनाएको हो। 

बैंकका अनुसार यसका लागि सेयरधनीले डिम्याट खाता र बैंक खाता अपडेट गरेको हुनुपर्नेछ। यदि कोही अपडेट गर्न बाँकी रहेकालाई पनि तुरुन्त अपडेट गर्न बैंकले आग्रह गरेको छ।

बैंकको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफबाट ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताप पारित गरेको थियो।

यद्धपी बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने पनि बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया