शनिबार १२ श्रावण २०८१
मनोरन्जन

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमाको भूमिका निभाउदै हेमा मालिनी

मंगलबार माघ २०, २०७७/ Tuesday 02-02-21

काठमाडौं । फिल्म 'तन्हाजी : द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को सुटिङ शुरु भएको छ । 

साउथ सुपरस्टार प्रभासको मूख्य भूमिका रहेको यस फिल्मलाई निकै महत्वपुर्ण रुपमा हेरिएको छ । 

महँगो लगानीमा निर्माण हुने यस फिल्म सन् २०२२ को अगस्तमा रिलिज हुने बताइएको छ । भारतिय मिडियाका अनुसार यस फिल्ममा हेमा मालिनीलाई पनि अनुबन्ध गरिएको छ ।

फिल्ममा हेमा प्रभासकी आमाको भूमिका निभाउने बताइएको छ । फिल्ममा प्रभासले रामको भूमिका निभाउदैछिन् भने हेमाले कौशल्याको भूमिका निभाउनेछिन् । 

राम कहानीमा आधारित रहेर निर्माण हुने यस फिल्ममा प्रभास बाहेक सैफअलि खान र कृति सेननको पनि अभिनय रहनेछ । फिल्ममा सैफअलिले रावणको र कृतिले सिताको भूमिका निभाउदैछिन् । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया