शनिबार १२ श्रावण २०८१
बिजनेस

हिमालयन जनरल ईन्स्योरेन्सले सुरु गर्‍यो श्रमजीवी दुर्घटना बीमा: बीमा शुल्क दिनको रु १ मात्र  

मंगलबार माघ २०, २०७७/ Tuesday 02-02-21

काठमाडौं। हिमालयन जनरल ईन्स्योरेन्सले श्रमजीवी दुर्घटना बीमा योजना सुरु गरेको छ । उच्च जोखिममा रहेर काम गर्नेहरुलाई लक्षित गर्दै कम्पनीले  रु ३ लाख ६५ हजार बीमाङ्क रकमकोश्रमजीवी दुर्घटना बीमा योजना सुरु गरेको हो। यस योजना अन्तर्गत बीमितले प्रतिदिन एक रुपैयाँ गरी प्रतिवर्ष जम्मा ३ सय ६५ रुपैयाँ शुल्क तिर्नु पर्नेछ। 

हिमालयन जनरल ईस्योरेन्सका अप्रेसन ईन्चार्ज सुजन श्रेष्ठले उच्च जोखिमका काम वा सडक दुर्घटनामा पर्दा व्यक्ति र व्यक्तिको परिवारलाई ठूलो आर्थिक भार निम्त्याउन सक्ने भएकाले निम्न आर्थिकस्तर भएकाहरुले समेतले यो बीमा योजनाबाट लाभ लिन सक्ने बताए।    

श्रेष्ठले केही अपवाद बाहेक  जुनसुकै अवस्थाको दुर्घटनामा पनि यो बीमा लागू हुने भएकाले बीमा योजना सस्तो र उच्चस्तरको भएको दावी गरे। 

यस बीमा योजना अन्तर्गत बीमितले बीमा गर्दा सुरुमा २० रुपैयाँ टिकट शुल्क बाहेक अन्य कुनै थप शुल्क तिर्नु पर्दैन।

यो बीमा योजनाले बिजुली जडान, भित्तामा झुन्डिएर रंग लगाउने, धारा जडान गर्ने,निर्माण क्षेत्रको काम गर्नेहरुलाई बढी सहयोग पुग्ने छ। 

लाभ तथा रक्षावरण

  • मृत्यु भएमा बीमाङ्कको १०० प्रतिशत रकम पाउने 
  • स्थायी पूर्ण अशक्तता भएमा बीमाङ्कको १००  प्रतिशत रकम पाउने 
  • स्थाई आंशिक अशक्तता भएमा बीमाङ्कको ५० प्रतिशत रकम पाउने 
  • औषधी उपचार लाभ रु १५ हजार प्रति दुर्घटना पाउने 

त्यस्तै दुर्घटनामा परेका व्यक्तिले शरिका विभिन्न भागको क्षती अनुसार उपयुक्त  क्षतिपूर्ति पाउनेछन्। यो बीमा योजनामा  ६० वर्ष भन्दा कम उमेर भएकाहरुले मात्र सहभागी हुन सक्नेछन् भने बीमित विश्वको जुनसुकै ठाउँमा दुर्घटनामा परेपनि क्षतीपूर्ती पाउने व्यवस्था गरिएको छ। 

तपाईको प्रतिक्रिया