शनिबार १२ श्रावण २०८१
मनोरन्जन

प्रेमी थिर कोइरालासंग बिहे गर्दै गायिका अञ्जु पन्त

बुधबार माघ २१, २०७७/ Wednesday 02-03-21

काठमाडौं। गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन्। एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासंग उनको बिहे हुन लागेको हो। दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन।

बिहेको कुरा भइरहेको छ। चाँडै पनि हुन सक्छ, केही समय पनि लाग्न सक्छ। आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब परेको थिरले बताएका छन्। 

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन्। थिरसंगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो। यसपछि भने उनीहरु नजिक भएका थिए। थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन्। अञ्जुका अधिकांश तस्वीर थिरले फेसबुकमा सेयर गरेको देखिन्छ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन्। एक दशक अगाडि गायक तथा संगीतकार मनोजराज सिवाकोटीसंग अञ्जुले डिभोर्स गरेकी थिइन्।

तपाईको प्रतिक्रिया