शनिबार १२ श्रावण २०८१
बिजनेस

बिमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त

बुधबार माघ २१, २०७७/ Wednesday 02-03-21

काठमाडौं। सरकारले बिमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ। मन्त्रीपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो।

अध्यक्ष पदका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रीपरिषद्मा  सिफारिस गरेका थिए। ती मध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो। अब उनको कार्यकाल ४ वर्षको हुनेछ।  

सिलवालसंग उद्योग मन्त्रालय र गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ। गत पुस अन्तिम साता चिरन्जीवी चापागाईंको कार्यकाल पूरा भएयता समितिको अध्यक्ष पद रिक्त थियो। त्यसअघि नै नयाँ अध्यक्षका लागि झन्डै आधा दर्जन दौडमा जुटेका थिए। जसमा तत्कालीन अध्यक्ष चापागाईं समेत दोस्रो कार्यकालका लागि इच्छुक थिए।

तपाईको प्रतिक्रिया