शनिबार १२ श्रावण २०८१
समाज

सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित

बुधबार माघ २१, २०७७/ Wednesday 02-03-21

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहको आमसभाका कारण २३ गते शुक्रबार हुने सवारी चालक अनुमतिपत्रको परीक्षा स्थगित हुने भएको छ।  

नेकपा ओली समूहले शुक्रबार राजधानीमा आमसभा गर्दैछ। सोही आमसभालाई कारण देखाउँदै महानगरीय ट्राफिक महाशाखाले सवारी चालक अनुमतिपत्रको परीक्षा स्थगित गरेको हो। महाशाखाले मातहतका युनिटहरुलाई परीक्षा स्थगित गर्न सर्कुलर जारी गरेको छ।   

महाशाखाले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘२३ गते विभिन्न राजनीतिक दलहरुबाट उपत्यकाका विभिन्न स्थानहरुमा विरोध कार्यक्रम लगायतका कार्यक्रमहरु तथा भीभीआईपी, भीआईपीहरुको आगमनको कार्यक्रम भएको हुँदा ट्राफिक व्यवस्थापना अधिकतम जनशक्ति खटाउनुपर्ने भएकाले उक्त मितिमा तहाँ कार्यलयहरुबाट हुने सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।’

तपाईको प्रतिक्रिया