शनिबार १२ श्रावण २०८१
राजनीति

आज नेपाल बन्द नहुने, यस्तो छ गृह मन्त्रालयद्वारा जारि विज्ञप्ति

बिहीबार माघ २२, २०७७/ Thursday 02-04-21

काठमाडौं। आज माघ २२ गते हुने भनिएको नेपाल बन्द नहुने भएको छ। नेकपाको नामबाट २१ गते बोलुकी मसाल जुलुस तथा २२ गते नेपाल बन्द वा आम हड्तालको आह्वान प्रति गृह मन्त्रालयको ध्यानाकर्षन भएको भन्दै एक विज्ञप्ति जारि गरि आज हुने भनिएको नेपाल बन्द नहुने र पुर्ववत् अवस्थामा सबैले आ-आफ्ना उधोगधन्दा, व्यवसाय र नियमित काम सञ्चालन गर्न अनुरोध गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, निर्धक्क भएर पूर्ववत् रुपमा आ-आफ्ना उधोगधन्दा व्यवसाय र कार्य सञ्चालन गर्न र प्रचलित कानूनको पालना गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा सदाझैं निरन्तर सहयोगको लागि समेत अनुरोध गरिएको छ। 

गृह मन्त्रालयद्वा जारि विज्ञप्ति:

 

तपाईको प्रतिक्रिया