बिहीबार ८ कार्तिक २०८१
अर्थ

सुनको मूल्य तोलामा ९ सयले घट्यो

बिहीबार माघ २२, २०७७/ Thursday 02-04-21

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० तथा चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो । हिजो सुन तोलामा ६०० र चाँदी ६० रूपैयाँले सस्तो बनेको थियो ।

बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९१ हजार १०० मा किनबेच भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ६०० कायम छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम छ ।

तपाईको प्रतिक्रिया