शनिबार १२ श्रावण २०८१
बिश्वो

म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध

बिहीबार माघ २२, २०७७/ Thursday 02-04-21

काठमाडाैँ । म्यानमारमा सैन्य ‘कू’ पछि त्यसको विरोधमा सुरु भएको चर्काे विरोधका बीच सैन्य सरकारले फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । 

अधिकारीहरूका अनुसार म्यानमारमा निकै लोकप्रिय फेसबुक ‘स्थायित्व’ का लागि बन्द गरिएको हो । फेसबुक म्यानमारमा धेरै व्यक्तिका लागि इन्टरनेटसम्म पहुँच राख्ने एकमात्र प्लेटफर्म हो ।

सैन्य ‘कू’ का क्रममा पक्राउ परेकी निर्वाचित नेतृ आङ सान सू चीविरुद्ध कैयौँ आरोप लगाइएको छ । सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई पक्राउ गरेको थियो ।  

संंयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कू’ विफल पार्न विश्व समुदायसँग आह्वान गरेका छन् ।  

म्यानमारका आधा जनसङ्ख्या पाँच करोड तीस लाखले फेसबुक चलाउँछन्, म्यानमारमा विना ‘लोडिङ’ तस्बिर र भिडियो निःशुल्क छ, जसका कारण म्यानमारमा फेसबुक इन्टरनेटको पर्याय बनेको छ । 

अभियन्ताहरूले बुधवार सैन्य ‘कू’ विरुद्ध सबैलाई समेट्न एक फेसबुक पेज बनाएका थिए । 

त्यहाँको सञ्चार तथा सूचना मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म आउँदो फेब्रुअरी ७ सम्म बन्द रहने जनाएको छ ।  

म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वभरि नै विरोध भइरहेको छ ।   

तपाईको प्रतिक्रिया