शनिबार १२ श्रावण २०८१
बिजनेस

लाभांश पाउन सेयरधनीलाई खाता अपडेट गर्न नेपाल लाइफ इन्स्योरेन्सको आग्रह

शुक्रबार माघ २३, २०७७/ Friday 02-05-21

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स आफ्ना सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपटेड गर्न आग्रह गरेको छ। कम्पनीले बिहीबार एक सूचना प्रकाशित गरी गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको नगद लाभांश प्राप्त गर्नका लागि खाताहरु अपडेट गर्न सेयरधनीलाई यस्तो आग्रह गरेको हो।

खाता अपडेटपछि मात्र सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल मार्फत क्लियरिङ हाउसको आइपीएस प्रणालीबाट नगद लाभांश वितरण गरिने तयारी भइरहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५-७६ को नाफाबाट ५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते साधारण सभा गर्दैछ। यसले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

त्यस्तै कम्पनीले विगतका वर्षहरुमा वितरण गरिएको बोनस सेयरको प्रमाणपत्र तथा हालसम्म पनि नगद लाभांश नलिएका सेयरधनीहरुलाई कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा रहेको सेयर शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया