शनिबार १२ श्रावण २०८१
बिजनेस

महिला लघुवित्तको आइपीओ निष्कासन मिति परिवर्तन, अब माघ ३० गतेदेखि खुला हुने

शुक्रबार माघ २३, २०७७/ Friday 02-05-21

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन तथा बिक्री मिति परिवर्तन भएको छ। महिलाको आइपीओ अब माघ ३० गतेदेखि बीक्री खुला हुने भएको छ। यसअघि कम्पनीले माघ २८ गतेदेखि छिटोमा फागुन २ गतेसम्म आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो। तर सीडीएस एन्ड क्लियरिङ लिमिटेडको बिहीबारको पत्र अनुसार आइपीओ निष्कासन मिति परिवर्तन गरिएको महिलाले जानकारी गराएको छ।

अब महिला लघुवित्तले माघ ३० गतेदेखि फागुन ४ गतेसम्म आइपीओ बिक्री खुला गर्नेछ। उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन १४ गतेसम्म खुला रहनेछ। कम्पनीले कुल ४ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो।यसमध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ। बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी-आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन्। यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ। हाल महिलाको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ। आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ। चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण रहेको छ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान रहेको छ। साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ २ सय ९४ रुपैयाँ र आव २०७८/७९ मा ३ सय ८५ रुपैयाँ पुग्ने अनुमान रहेको छ। 

तपाईको प्रतिक्रिया