शनिबार १२ श्रावण २०८१
बिजनेस

एनएमबि बैंकले लाभांश खातामा पठाउने, सेयरधनीलाई खाता अपडेट गर्न आग्रह

शुक्रबार माघ २३, २०७७/ Friday 02-05-21

काठमाडौं। एनएमबि बैंकले सेयरधनीलाई ३.२० प्रतिशत नगद लाभांश बैंकमा खातामा पठाउने प्रकृया अघि बढाएको छ। बैंकले आइतबार (माघ २५ गते) बाट पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट नगद जम्मा गरिदिने भएको हो।

बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीहरुलाई चाँडो भन्दा चाँडो आफ्नो खाता अपडेट गर्न भनेको छ। अपडेट गरेपछि मात्र नगद लाभांश पाइनेछ।

बैंकको पुस २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस सेयर र ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने बैंकले जनाएको छ। 

तपाईको प्रतिक्रिया