शनिबार १२ श्रावण २०८१
बिजनेस

इन्फिनिटी लघुवित्तको साधारण सभा केन्द्रीय कार्यालय गैडाकोटमा आज बिहान ११ बजे बस्ने

शनिबार माघ २४, २०७७/ Saturday 02-06-21

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज शनिबार (माघ २४ गते) बस्दैछ। सभा कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दै छ। कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद वितरण गर्न थालेको हो। 

बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ। अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ। आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभाको प्रयोजनका लागि कम्पनीले माघ ९ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गरिसकेको थियो भने माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन्।

 

तपाईको प्रतिक्रिया