शनिबार १२ श्रावण २०८१
बिश्वो

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ५९ लाख नाघ्यो

शनिबार माघ २४, २०७७/ Saturday 02-06-21

काठमाडौं । कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ५९ लाख १५ हजार २ सय ८७ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ लाख ९ हजार ३३ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा ७ करोड ७५ लाख ३५ हजार ७२ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । 

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख ७० हजार ७ सय ५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ७४ लाख ७ हजार ३ सय २४ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ७१ लाख ४६ हजार १ सय ६९ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ३० हजार १ सय २७ पुगेको छ भने संक्रमितको संख्या ९४ लाख ४९ हजार ८८ पुगेको छ ।

तपाईको प्रतिक्रिया