शनिबार १२ श्रावण २०८१
राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक आज, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनसक्ने

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । 

नेकपा देखिएको अनौपचारिक विभाजनपछि विवाद बढेकै कारण यही माघ ७ गते बसेको प्रदेश सभा बैठक तीन मिनेटमै स्थगित भएको थियो । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेश गर्ने तयारीमा नेकपा प्रचण्ड–माधव समूह रहेको छ ।

तर केपी ओली पक्षधर भने जसरी पनि उक्त प्रस्ताव रोक्ने पक्षमा लागेको बुझिएको छ । विरोधी समूहले अविश्वास प्रस्ताव टेबुल गर्न खोजे बैठक अवरुद्ध गर्ने ओली पक्ष अर्थात् सत्तापक्षको तयारी रुहेको बताइएको छ ।

यस विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश सभा बैठक भने दिउँसो २ बजे बस्नेछ ।

यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि प्रचण्ड–माधव समूहका १६ जना प्रदेश सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । उनीहरुलाई प्रदेशसभा बैठकमा प्रवेश नै गर्न नदिने अडानमा ओली समूह रहेकोले मुठभेडको खतरा समेत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया