शनिबार १२ श्रावण २०८१
बिजनेस

आइपीओ तयारीमा रहेको सिटिजन लाईफ नाफामा

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.८१ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

गत वर्षको यसै अवधिमा कम्पनीले १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो। खुद बिमा शुल्क पनि ७३.२९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ।

गत वर्ष भने ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बिमा शुल्कबाट आर्जन गरेको थियो। सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ। रिजर्भ कोषमा ७३.२९ प्रतिशत वृद्धि गरी ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ। कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्त पुँजी पुर्याउने तयारी गरिरहेको छ।

सिटिजन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो। आइपीओ ल्याउने प्रस्ताव साधारण सभाबाट पनि अनुमोदन भइसकेको छ। पुस मसान्तसम्म जीवन बिमा कोषको आकार पनि १ सय २९.७० प्रतिशतले बढेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष बिमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र थियो। 

तपाईको प्रतिक्रिया