शनिबार १२ श्रावण २०८१
राजनीति

प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनलाई व्यापक बनाउन देउवाको अपिल

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनलाई व्यापक बनाउन अपिल गर्नुभएको छ । 

शनिबार कांग्रेसले गरेको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन भनेका छन्।

‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ,’ देउवाले भनेका छन्।उनले अब हुने प्रदर्शनलाई व्यापक बनाउन पनि अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया