शनिबार १२ श्रावण २०८१
बिश्वो

म्यान्मारमा कूको विरोधमा लगातार दोस्रो दिन पनि हजारौँ मानिस सडकमा

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौं । गत सोमवार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन्।

सैन्य 'कू' को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको सेनाले म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सुकीको अवस्थाबारे अझैसम्म पनि केही जानकारी दिईएको छैन । सुकीको रिहाइका लागि विश्व समुदायले अपिल गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया