आइतबार ३ असार २०८१
समाज

संसद विघटन मुद्दामा बहस गर्न सरकारी वकिललाई १५ मिनेट समय

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौं । संसद् विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ ।

आजदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय तोकिदिएका छन् । बहसको सुरुवातमै प्रधानन्यायाधीशले स्मरण गराएपछि त्यहीअनुरुप हुने गरी बहस अघि बढेको छ । 

गत १८ गते रिटका पक्षधरको बहस सकिएपछि रिटको विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९ माघदेखि बहस थालेका थिए । सुरुमा महान्यायाधिवक्ताले लामो सयम लिएर बहस गरेपछि बहस लम्बिने चर्चा सुरु भएको थियो । 

संसद् विघटन गैरसंवैधानिक भएको दाबीसहित १३ वटा रिट दायर भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संसद् विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झन्डै ७० जनाले बहस गरेका थिए । सह-न्यायाधिवक्ता श्याम भट्टराईको बहस जारी छ ।

तपाईको प्रतिक्रिया