शनिबार १२ श्रावण २०८१
समाज

भारतकाे उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौं। भारतको उत्तराखण्डको तपोवन क्षेत्रमा हिमनदी फुट्दा आइतबार भीषण बाढी निम्तिएको छ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेकाे आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका छन् ।  

यस नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिँदै गरेको बीबीसीले जनाएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ लाग्नुभएको बताइएको छ । उहाँले ट्वीट गर्दै अफवाह नफैलाउन ध्यान दिँदै पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया