शनिबार १२ श्रावण २०८१
समाज

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

मकवानपुर। सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् ।

सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।

मकवानपुरको सीमभञ्ज्याङकाे सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाण्डौबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए । 

सडकमा हिउँ जम्नाका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिनुभयो । हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होशियारीका साथ गाडी चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ । 

तपाईको प्रतिक्रिया