शनिबार १२ श्रावण २०८१
बिजनेस

इन्फिनिटी लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवपपुरमा माघ २५ गते सभा भर्चुअल माध्यमबाट भएको हो। उक्त साधारण सभामा कम्पनीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक र भर्चुअली उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरेका थिए।

साधारण सभाको साधारण प्रस्तावहरुमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत), आ.व. २०७६/७७ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. २२ करोड ८१ लाख ५० हजारको ०.७४ प्रतिशतले हुन आउने रु. १७ लाख ११ हजार ४० रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि), आ.व. २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्री डि. कुमार एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ। 

विशेष प्रस्तावहरु अन्तर्गत सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्ता पुँजीको १५.२४ प्रतिशत बोनश शेयर वितरण गर्ने र बोनश शेयर पश्चात कायम हुने चुक्ता शेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने र संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयका साथै, विगतमा गठित समितिलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

अन्य प्रस्ताव अन्तर्गत कोरोना भाइरसको कारण भर्चुअल मार्फत सभामा उपस्थिति हुने शेयरधनी महानुभावहरुलाई अनमोदन गर्ने, साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्ने अख्यितारी संस्थाको अध्यक्ष र कम्पनी सचिवलाई दिने निर्णय गरेको थियो। सस्थाको वार्षिक साधारण सभामा कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेकोले ऊक्त कार्यक्रममा शाखा कार्यालय नौबिसे, धादिङका शाखा प्रमुख (कनिष्ठ अधिकृत) पदमा कार्यरत कर्मचारी स्मृति पाण्डेलाई बेष्ट ईम्पोलोई अफ दि इयर २०७७, शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर शाखा प्रमुख (का.मू. वरिष्ठ सहायक) पदमा कार्यरत कर्मचारी दिर्घराज जोशीलाई फष्ट रनर अप ईम्पोलोई अफ दि इयर २०७७ र शाखा कार्यालय सुखड, कैलालीका कनिठ सहायक पदमा कार्यरत कर्मचारी निशान्त जैशीलाई सेकेन्ड रनर अप ईम्पोलोई अफ दि इयर २०७७ पुरस्कारबाट सम्मान गरिएको थियो। 

साधारण सभा भव्य रुपमा सम्पन गर्नको लागि भौतिक र भर्चुअली पाल्ने सम्पूर्ण महानुभावहरु र सञ्चालकलाई धन्यवाद दिँदै अध्यक्ष नेपालले सधारण सभाको समापन गरेका थिए।

तपाईको प्रतिक्रिया