आइतबार २३ बैशाख २०८१
बिजनेस

इटहरीमा टाटाको कार मेला सम्पन्न, टिएगो जेडएक्स प्लस लन्च

आइतबार असार ८, २०७६/ Sunday 06-23-19

मोरङ– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले र सिप्रदी ट्रेडिङको आधिकारीक बिक्रेता गोयल अटोको सहकार्यमा इटहरीमा कार मेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको भर्खरै बजारमा आएको टिएगो जेडएक्स प्लसको लन्चिङ पनि भएको थियो ।

 

 

बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन भएको मेला ३ दिन सम्म चलेको थियो । गर्मी मौसमको कुनै प्रवाह नगरी मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु समेत बिक्रि भएका थिए । मेलामा ग्राहकहरुले एकै स्थानबाट  बिभिन्न गाडी किन बेचको सुबिधा समेत प्राप्त गरेका थिए । 

मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो । यस मेलामा ग्राहकहरुले  ‘अन दि स्पट फाइनान्सिङ’ को साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज लेयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाएको बताए ।

तपाईको प्रतिक्रिया