बिहीबार २२ जेठ २०८२
बिश्वो

प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गरेको आक्रमणमा ३ जनाको ज्यान गयो

मंगलबार जेठ २०, २०८२/ Tuesday 06-03-25

गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको ज्यान गएको छ भने कम्तीमा ३० जना घाइते भएको बीबीसीले जनाएको छ ।

सहायता वितरण स्थलनजिक भएको यो घटनापछि संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र छानबिनको माग गरेको छ ।

स्वास्थ्य अधिकारीहरू र प्रत्यक्षदर्शीहरूका अनुसार हिजो गाजाको दक्षिणी भागमा रहेको त्यही सहायता केन्द्रमा गोलाबारी भएको हो, जहाँ इजरायली सेनाले एक दिनअगाडि पनि गोली चलाएका थिए ।

इजरायली सेनाले नागरिकमाथि कुनै चेतावनी नदिइ सीधै गोली चलाएको आरोप छ । यो प्रकारको आक्रमणको अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले निन्दा गर्दै आएका छन् ।

सहायता वितरण स्थल वरिपरि भएको हिंसात्मक घटनालाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासो बढेको छ । 

तपाईको प्रतिक्रिया