मंगलबार २० जेठ २०८२
राजनीति

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

शुक्रबार जेठ १६, २०८२/ Friday 05-30-25

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।

माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।

अध्यक्ष प्रचण्डले नै बैठकमा ‘लेखकको राजीनामा नै बटमलाइन’ बनाउनुपर्ने प्रस्ताव गरेपछि सबैले समर्थन गरेका थिए। बैठकले मध्यपहाडी लोकमार्गमा माओवादीको अभियान चलाउने विषयले निरन्तरता पाउने निधो समेत गरेको छ।

तपाईको प्रतिक्रिया