
काठमाण्डौ । कलाकार घनश्याम गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको छ । टेलिशृङ्खला, प्रहसनहरूमा नक्कली प्रचण्ड बनेर अभिनय गर्ने रङ्ग तथा कलाकर्मी घनश्याम गौतमको निधन भएको छ ।
रङ्गकर्मी गौतम विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको भक्तपुर ताथलीमा रहेको काठमाण्डौ क्यान्सर अस्तालमा उपचारकै क्रममा निधन भएको हो ।
रङ्गक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीका लागि समेत उत्कृष्ट कलाकार मानिनु हुन्थ्यो ।
तपाईको प्रतिक्रिया