बिहीबार २२ जेठ २०८२
बिजनेस

भारी ऋणमा बजेट : एडीबी, विश्व बैंक, चीन, भारतलगायतबाट सहयोग लिने तयारी

मंगलबार जेठ २०, २०८२/ Tuesday 06-03-25

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ। कुल खर्चमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाउने लक्ष्य छ। बाँकी ५ खर्ब ९५ अर्ब ६६ करोड घाटा वैदेशिक (२ खर्ब ३३ अर्ब ६६ करोड) र आन्तरिक (३ खर्ब ६२ अर्ब) ऋणबाट धानिनेछ।

सरकारले एसियाली विकास बैंक, विश्व बैंक, आइएमएफ, भारत, चीन, अमेरिका, जापान, युरोपेली संघ लगायतका दाताबाट ठूलो परिमाणमा ऋण तथा अनुदान लिने तयारी गरेको छ।

वर्तमानमा २६ खर्ब ९२ अर्ब रहेको सार्वजनिक ऋण आगामी वर्षको अन्त्यसम्म ३० खर्ब १० अर्ब पुग्नेछ। विज्ञहरूले ऋणको सदुपयोगमा सरकार गम्भीर हुनुपर्ने चेतावनी दिएका छन्।

 

तपाईको प्रतिक्रिया