समाज
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
मंगलबार जेठ २०, २०८२/ Tuesday 06-03-25

काठमाडौं ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनासम्मका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बल ऐन अनुसार उनलाई निलम्बन गरेका हुन्।
गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको आरोप पाण्डेमाथि लागेको छ। सो क्रममा पाण्डेले बल प्रयोग गरेको र उपमेयर सुनिता डंगोल तथा केही वडाध्यक्षहरूसँग भनाभनसमेत भएको बताइएको छ।
गुरागाईंले सो घटनाबारे पाण्डेसँग स्पष्टीकरण मागेका थिए। तर, पाण्डेको जवाफ चित्तबुझ्दो नलागेपछि मेयर बालेन शाह र उपमेयर डंगोललाई जानकारी दिएर पाण्डेलाई छानबिन नसकिँदासम्मका लागि अधिकतम ६ महिनाको निलम्बन गरिएको हो।
तपाईको प्रतिक्रिया