आइतबार २३ बैशाख २०८१
मनोरन्जन

डंकीले कटायो ४०० करोडको आँकडा

बुधबार पौष १८, २०८०/ Wednesday 01-03-24

काठमाडौ । हालै रिलिज भएको शाहरुख खानको फिल्मले हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ ।

शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमनइरानी अभिनीत यो फिल्मले दोस्रो सप्ताहन्तमा पनि उत्कृष्ट कमाई गरिरहेको छ। रेड चिलीजइन्टरटेनमेन्टका अनुसार अहिलेसम्म डंकीले ४०० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

डंकीले १३औँ दिनमा पुग्दा विश्वव्यापी रुपमा ४००.४०करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७करोड कमाइ गरिसकेको छ ।

उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डिंकीलेअहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ ।

शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ । गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो ।

शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

तपाईको प्रतिक्रिया