शनिबार ५ जेठ २०८१
समाज

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा आक्रमण

शुक्रबार बैशाख २१, २०८१/ Friday 05-03-24

काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ ।

दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ ।

तपाईको प्रतिक्रिया