शनिबार ५ जेठ २०८१
राजनीति

उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24

अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उद्यमशीलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्योग र उद्यमशीलताको विकासविना मुलुकमा समृद्धि नआउने बताउनुभयो । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताउनुभयो ।

उहाँले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढवा दिने सरकारको नीति पनि हो ।” 

तपाईको प्रतिक्रिया