शनिबार १२ श्रावण २०८१
जीवनशैली

सङ्घीय निजामती ऐन छिट्टै आउँछ :- मन्त्री जोशी

बिहीबार चैत २९, २०८०/ Thursday 04-11-24

काठमाडौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् ।उनले सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने दाबी गरे । कार्यक्रमको सिलसिलामा बुटवल पुगेका मन्त्री जोशीले सङ्घीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नका लागि समेत उक्त ऐन ल्याउनुपर्ने बताए । देशभरका निजामती सेवामा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्ने काम हुँदा ठूलो उपलब्धि हुने बताउँदै सङ्घीय निजामती ऐन छलफल गरेर संसदबाट पारित हुँदा यसले देशभरका कर्मचारीहरूको व्यवस्थापन सहज हुने मन्त्री जोशीले विश्वास व्यक्त गरे ।प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागि परेको बताए । उनले अहिले सुशासन कायम गर्दै सङ्घीयतालाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया