मंगलबार ९ पौष २०८१
समाज

जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

आइतबार पौष ७, २०८१/ Sunday 12-22-24

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौँ आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमले जनाएको छ ।

अचेत लिम्बूलाई विमानका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । लिम्बूलाई कुनै स्वास्थ्य समस्याका बारेमा त्यसअघि कसैले विमान पक्षलाई जानकारी नगराएको पौडेलले बताए ।

जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएका थिए । उनलाई नजिकको केएमसी पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया