बुधबार १० पौष २०८१
समाज

इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सोमबार पौष ८, २०८१/ Monday 12-23-24

काठमाडौं । ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अदालतले पक्राउ अनुमति दिए पनि उनलाई लामो समयसम्म प्रहरीले पक्राउ गर्न सकेन । तर, उनी आइतबार बयानका लागि आफैँ ललितपुर जिल्ला अदालत उपस्थित भएकी थिइन् । आइतबार बयान नसकिएपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो ।

तपाईको प्रतिक्रिया