आइतबार २३ बैशाख २०८१
खेलकुद

एफए कप : म्यानचेस्टर युनाइटेड फाइनलमा

सोमबार बैशाख १०, २०८१/ Monday 04-22-24

काठमाडौँ ।एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । थपिएको ३० मिनेटको समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

एफए कपको फाइनल खेल आगामी मे २५ मा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी बीच हुनेछ ।

तपाईको प्रतिक्रिया