शनिबार ५ जेठ २०८१
राजनीति

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई  कटाक्ष गरेका छन् । पछिल्लो समय दुई नेताबीच फ्याट्टफुट्ट बोलचाल सुरु भए पनि एक अर्कोको कुरा काट्न दुई नेता पछि हटेका छैनन् । 

एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पनि तपाईँहरूले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पिर छ, पोल्या छ भतभत , कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैँलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरूले मन पराएका छैनन् भन्ने कस्तो नथापेको ।’ 

उनले यो देश प्रधानमन्त्री हुन मात्रै हो भन्दै प्रश्न समेत गरे । पुन: उनले माधव नेपाललाई  इकिंत गर्दे भने, ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दछन् । प्रधानमन्त्री- प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔँ भनेर । मैले भनेँ, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो ।’

तपाईको प्रतिक्रिया