आइतबार २३ बैशाख २०८१
बिश्वो

प्रधानमन्त्री दाहाल र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय वार्ता हुँदै

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय वार्ता हुँदैछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आइपुगेका अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग  शीतल निवासमा भेटवार्ता गरेका थिए । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गरेका थिए ।

कतारी अमिर आजै नेपालको दुईदिने औपचारिक भ्रमण सकाएर फर्कदैछन् ।

तपाईको प्रतिक्रिया