आइतबार २३ बैशाख २०८१
खेलकुद

प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

काठमाण्डौ ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित भएको छ । लिभरपुलको घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई  २–० ले हराएको हो । एभर्टनका लागि  खेलको २७ औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गरे ।

यस्तै ५८ औँ मिनेटमा  डोमिनिक काल्भर्ट लेविनले गोल गरेर जित सुनिश्चित गरे । अङ्क तालिकामा ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ ।  समान खेलमा लिभरपुलको ७४ अङ्क छ ।

यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले सेफिल्डलाई ४–२ ले हराएको छ । गएराति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले हराउँदा बर्नमाउथले उल्भ्सलाई १–० ले हराएको छ ।

तपाईको प्रतिक्रिया