आइतबार २३ बैशाख २०८१
खेलकुद

वेस्ट इन्डिज ‘ए’सँग खेल्ने नेपाली टिमको घोषणा

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने तालिका छ ।

यी दुई टिमबीचको पहिलो खेल आउँदो शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् ।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

तपाईको प्रतिक्रिया