आइतबार २३ बैशाख २०८१
समाज

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते आज संसदबाट विश्वासको मत लिंदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।

यसअघि मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको थियो । जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । भागबन्डा टुङ्गिएपछि बुधबारमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरेर मन्त्रीमण्डल विस्तार गरेका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया