आइतबार २३ बैशाख २०८१
राजनीति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

काठमाडौं । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । १५ वैशाखमा इलाम २ मा प्रतिनिधि सभाका लागि र बझाइ १ ‘क’ मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को  निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

तपाईको प्रतिक्रिया