आइतबार २३ बैशाख २०८१
राजनीति

कर्णाली प्रदेश सभा बैठक सुरू, मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक सुरू भएको छ। बिहीबार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको दशौं बैठक बसेको छ। आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदैछन्।

चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबण्डाको विषयमा सत्ता साझेदार दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्। कँडेल नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता हुन्।

सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन्।

तपाईको प्रतिक्रिया