आइतबार २३ बैशाख २०८१
राजनीति

कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताए ।

‘मुख्यमन्त्रीज्यूले कर्णालीको समृद्धि र राजनीतिक स्थायित्वका लागि भन्दै हामीसंग पनि विश्वासको मत माग्नुभयो’, उनले भने, ‘तर उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौं ।’

तपाईको प्रतिक्रिया