बुधबार २६ बैशाख २०८१
समाज

गण्डकी प्रदेश प्रमुखको जिम्मा डीआईजी दुर्गा सिंहलाई

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24

काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दलाई दिएको छ ।

उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

खनालले वैशाख ७ मा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन् ।

आजै शुक्रबार ६ एसएसपीको सरुवा गरिएको थियो । ८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

तपाईको प्रतिक्रिया