मंगलबार २५ बैशाख २०८१
राजनीति

मौसम र अहिलेको राजनीति उस्तै-उस्तै भएको छ : माधवकुमार नेपाल

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तैउस्तै रहेको टिप्पणी गरे । नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । राजनीतिक स्थायित्व देशलाई चाहिएको उनको भनाइ छ । 

उनले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए । देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए । 

"अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रष्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो । त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छौँ," उनले भने ।

तपाईको प्रतिक्रिया